२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारीको काजकिरिया ७ दिनमा सकिने



अ+ अ-

पोखरा । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।

पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए ।

पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ ।

अधिकारीको रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाइने छ । यता नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने पार्टीको झण्डा ओढाउनेछन् ।