२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्सी चालकमाथि तरवार र खुकुरी प्रहार



अ+ अ-

काठमाडौँ । तुलसीपुरमा एक ट्याक्सी चालकमाथि तरवार र खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर निवासी अन्दाजी २४ बर्षीय गणेश हमालमाथि शुक्रवार दिउँसो ३ बजेतिर तरवार र खुकुरी प्रहार भएको हो ।

हमालको हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । मुखमा मास्क लगाएर आएका चार/पाँचजनाको संख्यामा रहेका अपरिचित युवाहरुले हमालमाथि तरवार र खुकुरी प्रहार गरेका थिए ।

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तरवार र खुकुरी हानेर फरार युवाहरुको खोजी भइरहेको जानकारी दिए । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको छ ।