९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प



अ+ अ-


लिमा (पेरू) : पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । 

भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ । 

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्वमा २५७ किलोमिटर गहिराइमा रहेको बताइएको छ । विभागका अनुसार दक्षिण अमेरिकामा गएका ठूला भूकम्पको केन्द्रविन्दु प्राय ७० किलोमिटरको गहिराईभन्दा तल हुने गरेको छ । 

पेरूको छिमेकी राष्ट्र इक्वेडरमा पनि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा नौ जना घाइते भएका थिए भने कतिपय भवनमा आंशिक क्षति भएको थियो । तर उक्त भूकम्पबाट पेरूमा क्षति भएको थिएन ।