२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदीमा खस्यो जिप, उद्धारमा समस्या



अ+ अ-

दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।

जीप दुर्घटनामा परी मानवीय क्षति भए पनि सङ्ख्या यकिन हुन सकेको छैन । जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । घाइतेलाई गाडीमार्फत अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो ।

राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताउनुभयो । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । राति भएकाले उद्धारमा समस्या भएको स्थानीयवासी वमले बताउनुभयो । अहिले स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् । “अँध्यारो भएका कारण दुर्घटनामा कति जना परे यकिन हुन सकेको छैन,” प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो ।