९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने



अ+ अ-

धादिङ – धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो ।

बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन् २०१८ मा नेपाल सरकारले चीनसँग  गरेको ‘वान वेल्ट वान रोड’ सम्झौताअनुरुप नै यो ठुलो उद्योग सञ्चालनमा आउन लागेको बताए । 

चीनस्थित हुआसिन जगबहल सिमेन्टका उपाध्यक्ष सु जाङ हुले चीनले नेपाललाई थुप्रै प्रोजेक्टमा सहयोग गरेको र यस सिमेन्ट प्रोजेक्टले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने जनाए । यो समाचार हरिहरसिंह राठौरले कान्तिपुरमा लेखेका छन् ।