२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाका नदीहरूकाे जथाभावी दाेहन, सरकारी निकायहरूकाे माैनता रहस्यमय



अ+ अ-

भद्रपुर । झापा जिल्लामा नदी उत्खनन प्राकृतिक श्रोत उपभोग नियमावली विपरित भइरहे पनि स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको रहस्य बाहिर आएको छ । स्थानीय सरकारमार्फत ठेक्का लागेका झापाका अधिकांस नदी उत्खननको जिम्मा लिएका ठेकेदारले तोकिएको मापदण्ड मिचेर काम गरिरहे पनि स्थानीय सरकारले कार्वाही गर्न नसकेको पाइएको हो ।

प्राकृतिक श्रोत बाँडफाड तथा उपभोग नियमावली अनुसार खोला र नदी जन्य सामग्री उत्खननबाट आउने आम्दानीमा स्थानीय सरकार पहिलो हकदार रहने कानुनी प्रावधान अनुसार प्रदेश सरकार मार्फत स्थानीय सरकारले वार्षिक ठेक्का लगाएका हुन् । वातावरणीय परीक्षण प्रतिवेदनले तोकेका स्थानबाट मात्र उत्खनन गर्नु पर्ने प्रावधानलाई झापाका स्थानीय सरकारले वेवास्ता गर्दा ठेकेदारको मनोमानीमा खोला दोहन बढिरहेको हो ।

जिल्ला समन्वय समिति झापाको नेतृत्वमा जिल्ला अनुगमन समितिले झापाका खोला नदी अनुगमन गर्ने क्रममा नियम विपरित उत्खनन भइरहेको पाइएको छ । पछिल्लो पटक सदरमुकाम भद्रपुर नगरपालिका तथा मेची नगर क्षेत्रका खोलाको अनुगमन गर्दा जताततै सामग्री निकालेको पाइएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार भद्रपुरबाट गलगलिया जोड्ने नवनिर्मित पूलको मुनिबाट ६ वटा ट्याक्टरले नदीजन्य सामग्री अवैध उत्खनन् गरेको भेट्टाइएको थियो ।

पूल मुनि नै रकम संकलन गर्न वसेका ठेकेदार सञ्जिव पौडेलले पूरै खोला नै किने जसरी वालुवा उठाउन लगाइरहेका थिए । अनुगमन टोलीले प्रहरीसँगको सहकार्यमा मे १ त ६९०९, मे १ त ६९७२, मे १ त ५६०८ नम्वरको सहित ६ वटा ट्याक्टरलाई नियन्त्रमा लिएर नगरपालिकामा पठाएको थियो । नगरले प्रति ट्याक्टर २५०० रुपैयाँ जरिवाना गरी पहिलो पटक छोडेको र फेरि अवैध उत्खनन भए ट्याक्टर नै जफत गरिने प्रमुख पोर्तेलले बताएका छन् ।

जिल्ला प्रशासनबाट सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरोकारवाला कार्यालयसँगको सहकार्यमा अनुगमन गरिएको हो । भद्रपुर नगरपालिकाको लापर्वाहीले जताततै उत्खनन भएको पाइएको छ । नगर कार्यालयबाट १ किलोमिटरभन्दा नजिक रहेको क्षेत्रमा पनि एरिया नतोकी नगरले मेची नदीको सबै क्षेत्र नै ठेकेदारलाई बेचे जसरी उत्खनन् गराइरहेको पाइएको छ ।

‘हल्दिवारीबाट आफ्नै घर बनाउन फिनिसिङको वालुवा लिन आएको हुँ’, हल्दिवारी ३ का होमलाल आचार्यले भने, ‘हाम्रो गाउँपालिकामा पनि देउनीयामा ठेक्का लागेको छ, त्यहाँ पैसा उठाउन वसेका मान्छेले निकाल्ने ठाउँ देखाइ दिन्छ, यहाँ सबैले यहीँबाट उठाइरहेका रहेछन् । मेचीको वालुवा फिनिसिङलाई राम्रो हुन्छ भनेर आएँ । मैले पनि निकालेँ वेकारमा फसेँ ।’ उनको गुनासो छ ।

मेची खोलाको देवीवस्ती क्षेत्रमा मेची पूलको ५०० मिटर उत्तर, ४०० मिटर लम्वाई, १०० मिटर चौडाईमा आधा मिटर गहिरोबाट नदीजन्य सामग्री उत्खनन गर्नु पर्ने वातावरण प्रभाव मुल्याङ्कन (आइइइ) भएको भए पनि सो स्थान कहाँ हो भन्ने सो क्षेत्रमा पत्ता लगाउन नै मुस्किल छ । सो ठाउँबाट १० हजार घनमिटर मात्र सामग्री निकाल्न सकिन्छ । तर, नगरले यसबारे उपभोक्तालाई जानकारी दिने कुनै वोर्ड पनि राखेको छैन ।

यसबारे प्रश्न गर्दा ठेकेदार सञ्जीव पौडेलले ठाउँ देखाउँदा ट्याक्टरवालाले नमानेको बताए । ‘हामी यहाँ हुँदैन भन्छौं नि ट्याक्टरवाला मान्दैन’, पौडेलले भने । तर, खोला देखाउँदा नमान्नेले पैसा दिन पनि मान्दैनन् होला नि भन्ने प्रश्नमा केही पनि उत्तर दिएनन् । अनुगमन टोलीले ट्याक्टरमा लोड गरिएको वालुवा त्यही खन्याउन लगाएर कार्वाहीका लागि पठाएको थियो ।