७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन ताप्लेजुङमै छ भन्थे, अब तन नै रहेन…



अ+ अ-

ताप्लेजुङ । २०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लोे शिखर कञ्जनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हरिक महोत्वको आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिनका मुख्य वक्ता थिए , तत्कालीन विकास समिति सभापति रवीन्द्र अधिकारी ।

अहिले प्रतिनिधिसभाका सदस्य रहेका योगेशकुमार भट्टराईले ताप्लेजुङमा विकासका सम्भावना र चाल्नुपर्ने पाइलाबारे कार्यक्रम प्रस्तुत गरे । मुख्य वक्ताका रुपमा अधिकारीले भनेका थिए, ‘मेरो मन ताप्लेजुङमै छ । ताप्लेजुङको विकासका लागि मेरो तर्फबाट महत्वपूर्ण योगदान रहनेछ ।’

विकास समितिको सभापतिको नाताले ताप्लेजुङको सुकेटारबाट ओलाङ्चुङगोला हुँदै टिपताला भन्ज्याङसम्मको निर्माणाधीन लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न उनले उतिबेला सरकारलाई निर्देशन पनि दिएका थिए । ‘तर अव न रवीन्द्रको मन रह्यो, न तन नै,’ मन्त्री अधिकारीका समकालीन सहपाठी रवीन्द्रमणी काफ्लेले भावुक हुँदै भने । यो समाचार आजको नागरिक दैनिकमा छ।