८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको जितमा लुकाकुको दुई गोल



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई तथा आन्ड्रियास पेरेइराले एक गोल गरे । साउथहृयाम्पटनका लागि यान भालेरी र जेम्स वार्डले गोल फर्काएका थिए ।

सुरुवाती अग्रता भने साउथहृयाम्पटनले लिएको थियो । २६ औं मिनेटमा भालेरीले गोल गर्दै साउथहृयाम्पटनलाई १–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा तीन गोल गर्दा साउथहृयाम्पटनले एक गोल मात्रै गर्न सक्यो ।

खेलको ५३ औं मिनेटमा आन्ड्रियासले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरी दिलाएका थिए । त्यस्तै, लुकाकुले ५९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । वार्डले साउथहृयाम्पटनका लागि ७५ औं मिनेटमा गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । तर खेलको ८८ औं मिनेटमा लुकाकुले अर्को गोल गर्दै युनाइटेडलाई ३–२ गोलको जित दिलाए ।

प्रिमियर लिगअन्तर्गत नै भएको अन्य खेलमा क्रिष्टल प्यालेसले बर्नलीलाई ३–१ ले, वुल्भ्सले कार्डिफ सिटीलाई २–० ले र ब्राइटनले हडर्सफिल्डलाई १–० ले र वेष्टहृयामले न्युक्यासललाई २(० गोलअन्तरले पराजित गरेका छन् ।