१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्धारा अष्ट्रेलिया ६ विकेटले पराजित, जादब र धोनीको अविजित पार्टनरसिप



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । शनिबार राति भएको खेलमा २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतका लागिकेदार जादब र महेन्द्रसिंह धोनीले १४१ रनको पार्टनरसिप खेल्दै भारतलाई जित दिलाएका हुन् । जादबले ८१ र धोनीले ५९ रन बनाउँदै अविजित रहे । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४४ र रोहित शर्माले ३७ रन बनाएका थिए ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा सात विकेटको क्षतिमा २३६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले ५०, ग्लेन म्याक्शवेलले ४०, मार्कस स्टोइनिसले ३७ र एलेक्स केरी ३६ रन बनाएका थिए ।