१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ७७ वर्षीय स्यान्डर्सद्धारा उम्मेदवार बन्न दावेदारी पेश



अ+ अ-

काठमाडौं । अमेरिकाका वरिष्ठ सिनेटर ७७ वर्षीय बर्नी स्यान्डर्सले २०२० मा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न आफ्नो दावेदारी पेश गरेका छन् ।

यसअधि २०१६ को चुनावअघि हिलारी क्लिन्टनसँग पराजित भएका स्यान्डर्सले २०२० मा हुने राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारी दिनुलार्य महतवपूर्ण तरिकाले हेरिएको छ ।फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दाबेदारी पेश गर्दै उनले रोजगारी, आयस्तर र आप्रवासन नीतिमा सुधारलाई प्राथमकता दिने र सबै अमेरिकी जनतालाई एक ठाउँमा ल्याउने बताएका छन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने स्यान्डर्ससँगै १० भन्दा बढी नेता दावेदार छन् ।