१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाप्रति अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएकोमा अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले दुःख व्यक्त गरेको छ ।


उक्त समाजले एक विज्ञप्ति प्रकाशन गरी मन्त्री अधिकारीसहितको उक्त दुर्घटनामा परी ज्यान गएको घटनाले स्तब्ध भएको जनाएको छ । उक्त संस्थाले निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।


साथै यस्ता दुर्घटनाहरुको न्युनीकरणका लागि मौसम, स्वास्थ्य र सुरक्षाको आधारभूत मापदण्ड पूरा गरेर मात्र हवाई उड्डयन गर्न तथा नेपालमा हवाई एवम् उड्डयन क्षेत्रका नियम कानूनहरुको आवश्यक मात्रामा पालना गर्न सो संस्थाका तर्फबाट अध्यक्ष सुवन चौलागाईंद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।