२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ ।
    
प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न दिला भएको हो । सधैँ बिहान १०ः१५ बजेतिर पेसी तोकिन्थ्यो । आज १ः३० मा मात्र पेसी तोकिएको छ । गोलाप्रथाबाट बुधबारदेखि मुद्दामा पेसी तोक्न सुरु गरिएको हो । आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ ।

गोलाप्रथाबाट आज १० इजलास गठन भएका छन् । तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन् । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचार गरिरहनुभएको छ ।