१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ ।
    
प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न दिला भएको हो । सधैँ बिहान १०ः१५ बजेतिर पेसी तोकिन्थ्यो । आज १ः३० मा मात्र पेसी तोकिएको छ । गोलाप्रथाबाट बुधबारदेखि मुद्दामा पेसी तोक्न सुरु गरिएको हो । आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ ।

गोलाप्रथाबाट आज १० इजलास गठन भएका छन् । तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन् । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचार गरिरहनुभएको छ ।