८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि तीन दिन वर्षा र हिमपात !



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ।

सोमबार र मंगलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ। बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महशुस हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए। (रासस)