१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैदानमा आक्रामक देखिने रामोसको सम्बन्ध मेस्सीसँग राम्रो होला त ?



अ+ अ-

एजेन्सी। विश्व फुटबल इतिहासका दुई माहान क्लब रियल मड्रिड र बार्सिलोना एक सातामै दुई पटक आमने सामने भएका छन्। गत मंगलबार स्पेनिस कोपा डेल रे मा भिडेका यी कल्ब शनिबार राति स्पेनिस ला लिगा भिडेका थिए ।

पछिल्लो चार महिना यता बार्सिलोना र रियल मड्रिडबीच भएका चार खेलमा बार्सिलोनाले तीन खेलमा जित र एक खेलमा बराबरी खेलको छ। बार्सिलोना र रियलका दुई महान खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसबीच एल क्लासिकोका कुनै पनि खेलमा राम्रो सम्बन्ध भने देख्न सकिदैन।

खेल मैदान बाहिर मिलनसार देखिने दुबै खेलाडी खेलका दौरान भने राम्रो सम्बन्धमा देखिदैँन। यति मात्र होइन रामोसले हालसम्म बार्सिलोनासँग भएका धेरै खेलहरुमा मेस्सीलाई नै फउल गरेर रातो कार्ड खाएका छन्।

रामोस बेला–बेला मैदानमा गलत व्यवहारका कारण आलोचित बन्ने गर्छन् । उनी बढी फउल गर्ने खेलाडीका रूपमा चर्चित छन् । रामोस ला लिगामा सबैभन्दा बढी रातो कार्ड खाने खेलाडी पनि हुन् ।

रामोसले २०१७१८ को सिजनको ला-लिगामा मेस्सीलाई फल गर्दै रातो कार्ड खाएका थिए। उक्त खेलमा बार्सिलोनाले रियलविरुद्ध २-३ गोलको जित निकालेको थियो। जसमा मेस्सीले इन्ज्युरी समयको अन्तिम १५ सेकेन्ड बाँकी रहँदा गोल गरेका थिए।

शनिबार राति भएको ला लिगको दोस्रो लिगमा पनि रेफ्रीले रामोसलाई मेस्सीमाथि नै भएको अर्को फउलमा पहेंलो कार्ड दिएका थिए । सो खेल दौरान रामोस र मेस्सीबीच पटक–पटक ट्याकल भएको थियो ।

दुबै खेलाडी विश्व फुटबल इतिहासका महान खेलाडी मानिन्छन्। उत्कृष्ट डिफेन्डरमा रामोसले राज गरेका छन् भने उत्कृष्ट स्टार स्ट्राइकरमा मेस्सीको दबदबा पाइन्छ। शनिबार भएको खेलमा बार्सिलोनाले एक सातामै दुई जित निकाल्न सफल भयो। रियलले भने लगातार दोस्रो हार व्यहोरेको हो।

खेलपछि रियलका कप्तान रामोसले प्रतिक्रिया दिँदै आफूले नियोजित रूपमा मेस्सीमाथि ट्याकल नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले सो फउललाई सामान्य भनेका छन् । रामोसले त मेस्सीले सो ट्याकललाई गलत अर्थमा बुझेको आरोपसमेत लगाएका छन् ।

‘यो एक स्वभाविक र सामान्य फउल थियो । त्यसमा मेरो कुनै योजना वा खराब नियत थिएन,’ रामोसले खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै भने, ‘तर, मेस्सीले यसलाई गलत रूपमा लिए, यो उनको कुरा हो ।’

रामोसले खेल दौरान भएको फउल र तितामिठा मैदानमै सीमित हुने पनि बताए । ‘खेल दौरान यस्तो हुन्छ । यस्ता कुरा सबै मैदानमै सीमित हुन्छन् । उनी र मबीच कुनै समस्या छैन । मैदानबाहिर उनीप्रति मेरो सधैं सम्मान रहन्छ ।’

यो हारसँगै रियल बार्सिलोनाभन्दा १२ अंकले पछि परेको छ। बार्सिलोना २६ खेलमा ६० अंकसहित ला लिगाको शिर्ष स्थानमा छ। उता रियल २६ खेलमा ४८ अंकसहित ला लिगाको तेस्रो स्थानमा छ।

योसँगै ला लिगको उपाधीको होडमा रियललाई धक्का पुगेको छ। बर्सिलोनालाई भने सफलता मिलेको छ।