२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु–कश्मीरको कुपवाडामा गोली हानाहान, ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गयो



अ+ अ-

श्रीनगर । जम्मु–कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहान गोली हानाहान भएको छ । उक्त भिड्न्तमा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको भारतीय मिडियाहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यहाँ तीन दिनदेखि मुठभेड चलिरहेको छ । मुठभेडको क्रममा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु–कश्मीर पुलिसका दुई जवान रहेका छन् ।

भारतीय सुरक्षाकर्मीले हन्दवाडामा क्रालगुडस्थित बाबा गुँड इलाकामा बिहीबार रातिदेखि चरमपन्थीविरुद्ध अप्रेशन थालेको थियो । त्यसपछि भिडन्त सुरु भएको हो । चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए ।

शनिबार राति पनि सिमानामा दुवै पक्षबीच गोलाबारी भएको बताइएको छ ।




भर्खरै