२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दशक खेर गयो, पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना अझै अन्यौलमा



अ+ अ-

लाहोर । लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ ।

हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए । यो घटनाले उनको जीवन मात्र बदलिएन पाकिस्तानी क्रिकेटको परिदृश्य नै फेरिएको छ ।

दोस्रो टेस्टका निम्ति अतिरिक्त निर्णायक (रिजर्भ अम्यायर)को भूमिकामा रहेका रजा अरु खेल अधिकारीहरुसँगै गद्दाफी रङ्गशालातर्फ जाँदै थिए । केही अघि गुडिरहेको क्रिकेट टोली बोकेको बसमाथि एकाएक आक्रमण भयो । उक्त आक्रमणबाट छ जना प्रहरी र सडक छेउमा उभिएका मानिस मारिनुका साथै छ जना अरु घाइते भए ।

दुईवटा गोलीले रजाको फोक्सो र कलेजो छेड्यो । बेहोस र अचेत भएका रजा छ महिनापछि मुश्किलले हिँड्न सक्ने भए ।

“मेरो घाऊ त ठीक भयो तर जहिले उनीहरुलाई देख्छु त्यो घटना आँखा अगाडि प्रकट भइहाल्छ,” रजाले बताए । “कसैले त्यो घटनाको कुरा गर्नासाथ मलाई त्यो घटना नसम्झाउन अनुरोध गरिहाल्छु । म त्यो घटना सम्झन पनि सक्दिन ।”

त्यो आक्रमणले क्रिकेट–प्रेमी पाकिस्तानमाथि ठूलो बज्रपात भयोः पाकिस्तानमा अन्तर्राष्ट्रिय खेलहरु स्थगित गरिए, र एक दशकपछि पनि अधिकांश विदेशी टोलीहरु यहाँ खेल्न अस्वीकार गरिरहेका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई)मा पाकिस्तानले घरेलु शृङ्खला खेलिरहे पनि राष्ट्रिय क्रिकेट बोर्डले करिब २० करोड अमेरिकी डलर आम्दानी गुमाएको छ ।

पाकिस्तानी सुपर लिगका मुख्य खेलहरु पनि युएईमा हुन थालेका छन् । तर हरेक वर्ष पाकिस्तानमा यस लिगका खेलहरु बढाउन थालिएको छ ।

श्रीलङ्काली टोलीमाथि आक्रमण भएको छ वर्षपछि सन् २०१५ मा जिम्बाबेले पाकिस्तानको भ्रमण गरेको थियो ।

निकै कडा सुरक्षाबीच गद्दाफी रंगशालामा मार्च २०१७ मा पाकिस्तान सुपर लिगको फाइनल खेल खेलाइएको थियो । लाहोरमा तीन वटा विश्व टीट्वान्टी क्रिकेट खेलाइएको थियो ।

तर आक्रमण भएको आठ वर्षपछि सन् २०१७ को अक्टोबरमा श्रीलङ्काली टोलीले एकमात्र टीट्वान्टी क्रिकेट खेल्न यहाँ आएको थियो । यही रंगशालामा श्रीलङ्काली टोलीमाथि आक्रमण हुनुका साथै हवाई उद्धार गरी उनीहरुलाई स्वदेश पठाइएको थियो ।

“म त्यस दिन ज्यादै भावुक भएको थिएँ,” रजाले भने । “पाकिस्तान क्रिकेट बोर्डको निरन्तरको प्रयासका कारण पाकिस्तानमा निकट भविष्यमै विदेशी टोलीहरु खेल्न आउनेमा म शतप्रतिशत ढुक्क छु ।” गत मे महिनामा कराँचीमा वेस्ट इन्डिजले पनि तीन वटा टीट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

पाकिस्तानका पूर्व कप्तान आसिफ इकवालको विश्वासमा पिएसएल खेलहरुले विदेशी टोलीको आत्मविश्वास बढाएको छ । तर प्रमुख देशहरुलाई पाकिस्तान ल्याउन निकै प्रयत्न आवश्यक हुने उनको भनाइ छ । “अन्तर्राष्ट्रिय क्रिकेटको पाकिस्तानमा पुनरागमन अवश्य हुन्छ, र म त्यसमा विश्वस्त छु ।”

गत वर्ष न्यूजीन्यान्डले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको थियो । जनवरीमा पनि अस्ट्रेलियाले एक दिवसीय खेलका लागि पाकिस्तानले गरेको अनुरोध अस्वीकृत गरेको थियो ।

“पाकिस्तानमा सुरक्षाको व्यवस्था राम्रो छ । तर खेलाडीहरुले बिना सुरक्षा त्रासमा खेल्न पाउनु पर्दछ, र त्यस्तो वातावरण बनाउन त्यति सजिलो छैन । हामी सुरक्षा सुनिश्चित गराउनेतर्फ निकै प्रयास गरिरहेका छौं,” पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मानीले बताउनुभयो ।




भर्खरै