८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच अङ्कले घट्यो शेयर बजार



अ+ अ-

काठमाडौँ ।  साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर रु २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । होटल ४.२३ र जीवन बीमा ५३.०८ विन्दुले बढेको छ । बैंकिङ ६.५९, विकास बैंक ४.४६, जलविद्युत् ४.११, वित्त ०.४४, निर्जीवन बीमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७.५५ विन्दुले घटेको छ । 

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ५.८४ प्रतिशतले कमाउँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३.४५, सानिमा माइ हाइड्रो पावर कम्पनी २.७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले २.२० प्रतिशतले कमाएका छन् । 

यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ८.६९, कृषि विकास बैंक ६.४१, आँखु खोला जलविद्युत् कम्पनी ५.८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४.७४, जोशी हाइड्रो पावरका शेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् । घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ६० लाख चार हजार ६५९, नेपाल बैंक लिमिटेडको रु एक करोड पाँच लाख ५९ हजार ४११, प्रभु बैंकको रु ९९ लाख १० हजार ९४१ र एनएमबी बैंकको रु ९५ लाख ६९ हजार ५७३ मूल्यमा शेयर कारोवार भएका छन् ।