१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल बन्द भयो भनेर हल्ला चलाउनेलाई कारबाही गरिने



अ+ अ-

काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा फेसबुक बन्द भन्ने गलत हल्ला चलाउने व्यक्तिलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । शनिबार सामाजिक सञ्जालमा सूचना तथा सञ्चार मन्त्रालयको गलत नाम लेखी सरकारको निशाना छापको समेत नक्कली प्रयोग गरी यस्तो भ्रम फैलाईएको थियो ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तीमा सामाजिक संजाल पूर्ण रुपमा बन्द भन्ने हल्ला फैलाएको र उक्त पोष्टमा नकारात्मक टिप्पणी भएको प्रति मन्त्रालयको गम्भिर ध्यानकर्षण भएको उलख्ले गरिएको छ ।

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तीमा सरकारले त्यो अफवाह फैलाउनेलाई कारबाहीको प्रक्रिया सुरु गरिसकेको समेत जनाएको छ । यस्तो अफवाह पोष्ट गर्ने सबैलाई फेसबुकबाट त्यो सूचना हटाउनको लागि आग्रह गरिसकिएको मन्त्रालयले जनाएको छ।