९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासकीय अधिकृतमाथि भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । लेनदेन सम्बन्धी उजुरी मिलाइदिने बहाना घुस लिएको भन्दै अधिकृत कैलाश मातछे श्रेष्ठविरुद्ध आज आयोगले आरोप पत्र दायर गरेको हो ।

श्रेष्ठलाई सेवाग्राहीसँग रू २५,००० घुस लिएको उजुरीमा आयोगको टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो । श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको हो ।