९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुगौली सन्धि रद्द भैसक्यो, नेपालको भू-भाग भारतसँग फिर्ता लिऔं : नेपाल



अ+ अ-

काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिपूर्वको नेपाली भूमिमा भारतले कब्जा जमाएको भन्दै भूमिको फिर्ता माग गरेको छ । मोर्चाले सन्धिको समाप्ति भएपनि आफ्नो भूमिमा भारतको उपनिवेश भएको भन्दै त्यसको अन्त्य गर्न माग गरेको हो ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालको ५७७३६ वर्ग किलोमिटर क्षेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएकोले सन्धिको समाप्तिपछि उक्त भूमि नेपालको हुनुपर्ने धारण राखेका छन् । उक्त बिषयलाई संसदमा छलफलको विषय बनाउन माग गरेको छ ।

मोर्चाका अनुसार बेलायतले सन् १९४७ जुलाई १८ को इन्डिया इन्डिपेन्डेन्स एक्ट अनुसार आफ्नो औपनिवेशिक क्षेत्र परित्याग गरेकोमा नेपाली भूमि पनि सन् १९४७ अगस्त १४ र १५ मै स्वतन्त्र भैसकेको हुनुपर्ने थियो ।

त्यस्तै मोर्चाले नेपाल र भारतबिच सन् १९५० जुलाई ३१ मा भएको शान्ति र मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको जनाएको छ । नेपाल र बेलायतबिच सन् १९५० अक्टोबर ३० मा भएको सन्धिको प्रस्तावना र धारा ८ अनुसार पनि सुगौली सन्धि रद्द भैसकेको छ ।



बेलायतले सन् १९४७ र १९४८ मादक्षिण एसियाली क्षेत्र छाडेको ७३ वर्ष भैसकेको छ । ‘यति लामो अन्तरालमा विश्वबाट उपनिवेशको अन्त्य भैसकेको भए पनि नेपालको ५७७३६ वर्ग किलोमिटर क्षेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएको छ।



विज्ञप्तिमा नेपालले मार्च चारमा तत्कालीन राजप्रतिनिधि मार्फत मकवानपुर छाउनीमा बेलायती प्रतिनिधिलाई सुगौली सन्धिको प्रति बुझाएको दिन भएको र यसको वैधतामाथि केही अहम् प्रश्नहरू उठेकाले नेपाल सरकारसमक्ष सो सन्धिपूर्वको जमिन फिर्ता लिन आग्रह गरेको जनाएको छ ।

सन् १८१६ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेयता २०३ वर्ष बितिसकेका छन् ।