२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ विमानस्थलको काममा ढिलाई गर्न हुँदैन, विमानस्थल बनाउन गृहकार्य भईरहेको छ : नेपाल



अ+ अ-

सिमरा । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम कुनै बहानाले ढिलाई गर्न नहुने बताएका छन्। नेपालले कामलाई बाधा पुर्याउने गरी अब कसैले पनि बहाना बनाउन नहुने बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समन्वय समिति बाराले आइतबार निजगढमा आयोजना गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेपालले विमास्थलको निर्माणको कामलाई विना अवरोध अघि बढाउनुपर्ने कुरामा जोड् दिए । पछिल्लो समय विमानस्थलको विषयलाई लिएर बाहिर आएका प्रचारबाट सचेत हुनुपर्ने भन्दै नेता नेपालले अहिलेसम्म भएका कामका प्रगतिले प्रस्ताव गरेकै स्थानमा विमानस्थल बन्नेमा अब दुईमत नरहेको बताए।

अब विमानस्थलको कामलाई रोक्ने किसिमका गतिविधि कसैले नगरौँ, यो आयोजना देशको समृद्धिसँग जोडिएको छ, नेकपाका नेता नेपालले भने,तीनै तहका सरकार र नागरिकले गम्भीरताका साथ यो आयोजना सम्पन्न गर्न लाग्नुपर्छ।

नेपालले आयोजनास्थलमा पर्ने टाँगिया बस्ती सार्ने प्रक्रिया थालिएको भन्दै जितपुर सिमरा उपमहानगरपालिका– १६ मा पर्ने टाँगिया बस्तीलाई सोही वडाको पिलुवा, वडा नं १७ को रामनगर हरैया र कोल्हवी नगरपालिकाको उत्तर तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने बताए ।

विमानस्थल कस्तो प्रणालीबाट निर्माण गर्ने भन्ने विषयमा अन्तिम गृहकार्य भईरहेको भन्दै नेता नेपालले राज्यलाई प्रत्यक्ष फाइदा पुग्ने प्रणालीमा अघि बढ्न सुझाव दिए।




भर्खरै