२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ विमानस्थलको काममा ढिलाई गर्न हुँदैन, विमानस्थल बनाउन गृहकार्य भईरहेको छ : नेपाल



अ+ अ-

सिमरा । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम कुनै बहानाले ढिलाई गर्न नहुने बताएका छन्। नेपालले कामलाई बाधा पुर्याउने गरी अब कसैले पनि बहाना बनाउन नहुने बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समन्वय समिति बाराले आइतबार निजगढमा आयोजना गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेपालले विमास्थलको निर्माणको कामलाई विना अवरोध अघि बढाउनुपर्ने कुरामा जोड् दिए । पछिल्लो समय विमानस्थलको विषयलाई लिएर बाहिर आएका प्रचारबाट सचेत हुनुपर्ने भन्दै नेता नेपालले अहिलेसम्म भएका कामका प्रगतिले प्रस्ताव गरेकै स्थानमा विमानस्थल बन्नेमा अब दुईमत नरहेको बताए।

अब विमानस्थलको कामलाई रोक्ने किसिमका गतिविधि कसैले नगरौँ, यो आयोजना देशको समृद्धिसँग जोडिएको छ, नेकपाका नेता नेपालले भने,तीनै तहका सरकार र नागरिकले गम्भीरताका साथ यो आयोजना सम्पन्न गर्न लाग्नुपर्छ।

नेपालले आयोजनास्थलमा पर्ने टाँगिया बस्ती सार्ने प्रक्रिया थालिएको भन्दै जितपुर सिमरा उपमहानगरपालिका– १६ मा पर्ने टाँगिया बस्तीलाई सोही वडाको पिलुवा, वडा नं १७ को रामनगर हरैया र कोल्हवी नगरपालिकाको उत्तर तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने बताए ।

विमानस्थल कस्तो प्रणालीबाट निर्माण गर्ने भन्ने विषयमा अन्तिम गृहकार्य भईरहेको भन्दै नेता नेपालले राज्यलाई प्रत्यक्ष फाइदा पुग्ने प्रणालीमा अघि बढ्न सुझाव दिए।