१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु



अ+ अ-

वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् ।

अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्ग समेतका ६० व्यक्ति तथा संस्थामाथि संसदले छानबिन गर्न लागेको जनकारी दिए ।

संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीका वरिष्ट सदस्य समेत रहनुभएका नाड्लरले अनुसन्धान मुख्यतः न्यायमा अबरोध, भ्रष्टाचार र शक्तिको दुरुपयोगमा केन्द्रित हुने बताए। हाल अमेरिकी संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको आरोपमा राष्ट्रपति ट्रम्पका विषयमा विशेष अनुसन्धाता रोबर्ट मुलरको समितिले पनि छानबिन गरिरहेको छ ।

धेरैजसो विश्लेषकहरुले राष्ट्रपति ट्रम्प विरुद्ध धेरैवटा सङ्घीय तथा राज्यस्तरमा भइरहेका अनुसन्धान पनि राष्ट्रपति ट्रम्पका लागि टाउको दुखाईको विषय बनेको जनाएका छन् । यी अनुसन्धानहरु खासगरी ट्रम्पका व्यवसायहरु तथा परोपकारी कार्यहरुका साथै कर छलीमा केन्द्रित भएका छन् ।

तर ट्रम्पले लगातार सङ्घर्ष गरिरहेका छन्, र ट्वीटरमार्फत निरन्तर विपक्षीमाथि तारो बनाइरहनुभएको छ । “म निर्दोश व्यक्ति हुँ तर ज्यादै खराब, विरोधाभाषी तथा भ्रष्ट व्यक्तिहरुले म विरुद्ध अत्याचार गरिएको छ,” उहाँले ट्वीट गर्दै पटकपटक भनेका छन् ।

ट्रम्पका पूर्व निजी वकील माइकल कोहेनले पनि बुधबार संसदीय समिति समक्ष लामो बयान दिएका छन् । सांसदहरुले हालसम्म सार्वजनिक नभएका अरु तथ्यहरु बताउन र अमेरिकी जनतालाई वास्तविक कुरा भन्न कोहेनमाथि अनुरोध गरेका थिए ।

सांसद नाड्लरले कोहेनको कुराबाट पनि राष्ट्रपति ट्रम्पले न्यायमा अबरोध गरेको देखिएको बताए । यसअघि ट्रम्पकै दबाबमा प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लाइनले समेत रुसी संलग्नता बारेमा आफूले झुटो बयान दिएको अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) समक्ष स्वीकारेका थिए ।

ट्रम्पले रुसी अनुसन्धानमै विवाद भएपछि मे २०१७ मा एफबीआईका प्रमुख जेम्स कोमेलाई पनि एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपति ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्तामा रुसी अनुसन्धान प्रकरणमा जेम्स कोमेको भूमिकाबाट आफू असन्तुष्ट भएको बताएका थिए ।

“कोहेनले राष्ट्रपतिमाथि विभिन्न शंकास्पद तथ्यहरु उजागर गरेका छन् । यी कार्यहरु राष्ट्रपति हुनुअघि र भएपछि पनि भएका छन्,” नाड्लरले बताए । “तैपनि अझै ठोस प्रमाण भेटिइसकेको छैन । तर हामीहरु उपयुक्त अनुसन्धान प्रारम्भ गर्दैछौं ।”