२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौदण्डीगढी नगरपालिकाबाट गाँजासहित दुई युवा पक्राउ



अ+ अ-

उदयपुर । चौदण्डीगढी नगरपालिका– ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् । बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्गहुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नं को मोटरसाइलमा जाँदै गरेका  उनीहरूलाई बुधबार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करिव  एक केजी गाँजा फेला पारेकोे थियो । व्यवसायिक रुपमा गाँजा ओसारपसार गर्दै आएका दुबैजनालाई आज जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान गरेर  लागुऔषध विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ । रासस