२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट अवार्ड आज, पारस र सन्दीपसँगै ५ जना दाबेदार, कसले हात पार्ला त ?



अ+ अ-

काठमाडौँ । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ आज प्रदान गर्दै छ ।आइतबार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको उक्त संघले आज पुरस्कार प्रदान गर्न लागेको हो ।

आयोजकका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ । वर्ष क्रिकेट खेलाडी पुरुष तर्फको मनोनयनमा दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी परेका छन् ।

त्यस्तै, वर्ष क्रिकेट खेलाडी महिला तर्फ इन्दु शर्मा, करुणा भण्डारी, रुविना क्षेत्री, सरिता मगर र सीता रानामगर मनोनयनमा परेका छन् ।

भने,उदीयमान खेलाडीको मनोनयनमा अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।

वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ रहेको छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।