२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट अवार्ड आज, पारस र सन्दीपसँगै ५ जना दाबेदार, कसले हात पार्ला त ?



अ+ अ-

काठमाडौँ । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ आज प्रदान गर्दै छ ।आइतबार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको उक्त संघले आज पुरस्कार प्रदान गर्न लागेको हो ।

आयोजकका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ । वर्ष क्रिकेट खेलाडी पुरुष तर्फको मनोनयनमा दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी परेका छन् ।

त्यस्तै, वर्ष क्रिकेट खेलाडी महिला तर्फ इन्दु शर्मा, करुणा भण्डारी, रुविना क्षेत्री, सरिता मगर र सीता रानामगर मनोनयनमा परेका छन् ।

भने,उदीयमान खेलाडीको मनोनयनमा अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।

वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ रहेको छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।