२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलबाट भियतनाम गएका नेता रेलबाटै स्वदेश फिर्ता



अ+ अ-

प्योङयाङ । भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ ।

प्योङयाङ । भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्केका यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ ।

नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए ।

किमले भियतनाम भ्रमणका अवसरमा राजधानी हनोइमा गत फेबु्रअरी २७ र २८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । ट्रम्पसँगको भेटवार्तापछि किमले भियतनामको दुई दिने सद्भावपूर्ण भ्रमण गरेका थिए।

राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण, उत्तर कोरियामाथि लागेको प्रतिबन्ध फुकाउने लगायतका विषयमा घनीभूत छलफल भएको केसीएनएले जनाएको छ । तर दुई नेताबीच कुनै लिखित सम्झौता भने भएन । यसअघि सन् २०१८ जुन महिनामा ट्रम्प र किमबीच सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो ।

यद्यपी दुवै पक्षले कोरियाली प्रायःद्वीपमा जारी शान्ति प्रक्रिया जारी रहोस् भन्ने इच्छा जनाएका छन् । किमको भियतनाम भ्रमणको क्रममा भियतनामका राष्ट्रपति एनगुएन फु ट्रोङ र प्रधानमन्त्री एनगुएन जुआन फुकसँग भेटवार्ता भएको थियो ।