![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/03/death.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौँका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ ।