काठमाडौँ । भारतको विहार विद्यालयको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उतिम नवआदर्श प्राथमिक विद्यालय, बाराका शिक्षक दिनेश कुमार पाल भेडिहरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको ठहर गरेको थियो । आयोगले छानबिनको क्रममा भेडिहरको विहार विद्यालय परीक्षा समिति, पटनाको रा.कृत उच्च विद्यालय, मधुवन, भारतबाट प्राप्त गरेको एस.एल.सी.तहको नक्कली शैक्षिक प्रमाणपत्र रहेको ठहर गरेको हो ।
भेडिहरले राहतकोटा शिक्षक पदमा नियुक्ति लिई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।
रामेश्वर दंगाल