२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली बिजक बिक्री आरोपमा २४ वटा फर्ममाथि मुद्दा दायर, एक अर्ब ७५ करोड बिगो दाबी



अ+ अ-

ललितपुर । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छलिमा संलग्न मुख्य आरोपी दुई व्यक्तिमाथि एक अर्ब ७५ करोड बिगो कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागले उक्त नक्कली बिल बिजक बिक्री गरेको आरोपमा जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ समेत गरेको छ । उनीहरुले बिक्री गरेका नक्कली बिजकका कारण भएको राजश्व बापत रु. एक अर्ब ७५ करोड बिगो दाबी गरिएको छ ।नक्कली बिल बिजकमा संलग्न २४ वटा फर्ममाथि समेत कारबाही गरिएको छ ।

विभागका महानिर्देशक दिर्घराज मैनालीले विभागमा आयोजित पत्रकार सम्मेलनमा बिल बिजक बेचेरै मुख्य प्रतिबादीहरुले काठमाडौंको मुख्य स्थानमा घर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “फर्महरुका कारण कूल कारोबारको ३८ प्रतिशतसम्म राजश्व छलि भएको छ जसमा भ्याट बापतको १३ प्रतिशत र आयकर बापतको २५ प्रतिशत मात्र समावेश छ । तर भन्सार समेत छलेको भए राजश्व हिनामिनाको अङ्क अझ ठूलो हुनसक्छ ।”


उहाँले भन्नुभयो, “यी २४ फर्मको खरिद छैन, बिक्री मात्र गरेको देखिएको छ । एक वर्ष ठूलो कारोबार भएको देखिन्छ, अर्को वर्ष केही कारोबार नै छैन । र भएपनि ज्यादै कम मात्र कारोबार भएको देखिन्छ ।”

विभागका महानिर्देशक मैनालीका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा कामदारहरुको नाममा कम्पनी दर्ता गर्ने, आन्तरिक राजश्व कार्यालयबाट भ्याट दर्ता गर्ने र अर्को दिन बैंकमा खाता खोल्ने गरेको अनुसन्धानबाट देखियो ।


मुख्य आरोपी जयकिशोर र परमेश्वरले कम्पनी खोलेसँगै लगत्तै प्रिन्टिङ प्रेसबाट भ्याट बिल छाप्थे, र बजारमा बिक्री गर्थे । यी बिलहरु साना फर्महरुदेखि आपूर्तिकर्ता, निर्माण व्यवसायी, अर्को कम्पनी लगायतलाई बिक्री गरिन्थ्यो । यस्ता बिलको सहायताबाट फर्महरुले प्रत्यक्ष रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छल्न सहयोग पुग्थ्यो ।

निम्न स्तरका मजदुरहरुलाई आर्थिक प्रलोभनमा पारी तिनीहरुको नाममा फर्म कम्पनी खोल्ने गरेको पनि अनुसन्धानबाट थाहा लागेको विभागको भनाई छ । विभागका अनुसार, फर्मको खाता सञ्चालन तिनै मजदुर वा नक्कली बिलको कारोबार गर्ने व्यक्तिले आफूलाई कर्मचारीको रुपमा प्रस्तुत गरी दुबै जनाको दस्तखत कार्ड पेश गर्ने र कुनै एक जनाको दस्तखतबाट बैंक कारोबार गर्ने गरेको पाइयो ।

विभागका महानिर्देशक मैनालीले भन्नुभयो, “अनुसन्धानबाट यसको व्यापकता र विकराल रुपमा कर छलिको गम्भीर अवस्था छ भन्नेमा विभाग पुगेको छ ।”विभागले यस प्रकरणका मुख्य दोषी परमेश्वर साहलाई माघ ३ गते र जय किशोर साहलाई माघ ४ गते पक्राउ गरेको थियो ।


भ्याट छलिमा नेपालको इतिहासमै यो दोस्रो ठूलो कारबाही हो । यसअघि करिब ६ अर्ब भ्याट छलिमा अनुसन्धान भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् ।

विभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम मुख्य आरोपीमाथि बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ ।




भर्खरै