१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चट्ट रुमाल क्या मालुम’मा सलिन, सलोन र मल्लिकाको छमछमी



अ+ अ-

काठमाडौँ । चलचित्र ‘यात्रा’मा समावेश दोश्रो गीत ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक गरिएको छ । आज काठमाण्डौँमा आयोजित कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक नयाँ गीतमा धमेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् ।

पुरानो गीतमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहले नृत्य गरेका थिए । अब, यसको रिमेक गीतमा नायक सलिनमान बनियाँ, सलोन बस्नेत, नायिका मल्लिका महत्त लगायतले नृत्य गरेका छन् ।

प्रविण सिंहले कोेरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् ।

यो चलचित्रलाई सम्राट शाक्यले लेखन तथा निर्देशन गरेका हुन् । केशव भट्टराइको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल पोखरेलको लगानी छ ।