२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गम क्षेत्रमा उडान भर्ने ‘वाई१२–ई’ पाइलट भएर पनि उडाइएन



अ+ अ-

काठमाडौँ । दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज तीन महिनादेखि ग्राउन्डड छन् । यसअघि पाइलट नभएकाले जहाज उडाउन नसकिएको बताउने निगमले अहिले पाइलट भएर पनि जहाज उडाएको छैन ।

‘वाई१२–ई’ चार जहाजमा उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जय बादे श्रेष्ठ र आङनुरी शेर्पा गरेर चार क्याप्टेन छन् । तीमध्ये उद्धव घिमिरे एअर बस तालिमका लागि इन्डोनेसिया छन् । घिमिरे तालिममा गएलगत्तै भट्टराई र श्रेष्ठ पुष २९ गतेबाट बिदामा बसेका थिए । त्यस बेलाबाटै चारै थान ‘वाई१२–ई’ जहाज ग्राउन्डेड छन् ।

यसअघि पाइलट नभएर ती जहाज नउडाइए पनि अहिले निगमले पाइलट भएर पनि उठाइएको छैन । बिरामी बिदामा रहेका पाइलट भट्टराई र श्रेष्ठ दुवै फागुन १३ र १६ गते काममा फर्किसकेका छन् । यी दुई पाइलटले दुइटा जहाज उडाउन सक्छन् । तर, पाइलट काममा फर्किएको हप्ता दिन बित्दा पनि निगमले जहाज उडाउन चासो दिएको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।