२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मैदानमा मलाई पास दिँदा म गोल गर्छु, मैले पास दिँदा मेस्सी र एमबाप्पेले गोल गर्थे’ : नेमार



अ+ अ-

काठमाडौँ । खुट्टाको चोटका कारण आराम गरिरहेका ब्राजिल राष्ट्रिय टोलीका कप्तान एवं फ्रेन्च क्लब पीएसजीका स्टार नेमारले आफ्ना सहकर्मी केलियन एमबाप्पेको मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेमारले ब्राजिलको एक सञ्चारमाध्यमलाई अन्तरवार्र्ता दिने क्रममा एमबाप्पे एक दिन विश्वकै उत्कृष्ट खेलाडी बन्ने भबिष्यवाणी समेत गरे ।

नेइमारले एमबाप्पेलाई विश्व फुटबलका ‘गोल्डेन ब्वाइ’ को उपमा पनि दिएका छन् । ‘एमबाप्पे प्रभावशाली खेलाडी हुन् । उनीसँग मेरो मैदान भित्र र बाहिर घनिष्ट सम्बन्ध छ । एमबाप्पे एकदिन विश्वकै उत्कृष्ट फुटबलर बन्नेमा कुनै शंका छैन,’ नेमारले भने ।

नेमारले एमबापप्पेसँग मैदानमा खेल्दा कहिल्यै समस्या नभएको पनि बताए । ‘मैदानमा उनले मलाई पास दिँदा म गोल गर्छु, मैले पास दिँदा उनी गोल गर्छन् । हामीबीचको साझेदारी धेरै राम्रो छ । म बार्सिलोना छँदा लियोनल मेस्सीसँग पनि यस्तै थियो,’ नेमारले थपे ।

नेमार र इडिन्सन काभानी घाइते भएका कारण जारी सिजन पीएसजीको शाख उनै एमबाप्पेले जोगाएका छन् । एमबाप्पेले यस सिजन पीएसजीका लागि २९ गोल गरिसकेका छन् । पीएसजी अहिले फ्रेन्च लिगको उपाधि नजिक देखिएको छ ।