१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मैदानमा मलाई पास दिँदा म गोल गर्छु, मैले पास दिँदा मेस्सी र एमबाप्पेले गोल गर्थे’ : नेमार



अ+ अ-

काठमाडौँ । खुट्टाको चोटका कारण आराम गरिरहेका ब्राजिल राष्ट्रिय टोलीका कप्तान एवं फ्रेन्च क्लब पीएसजीका स्टार नेमारले आफ्ना सहकर्मी केलियन एमबाप्पेको मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेमारले ब्राजिलको एक सञ्चारमाध्यमलाई अन्तरवार्र्ता दिने क्रममा एमबाप्पे एक दिन विश्वकै उत्कृष्ट खेलाडी बन्ने भबिष्यवाणी समेत गरे ।

नेइमारले एमबाप्पेलाई विश्व फुटबलका ‘गोल्डेन ब्वाइ’ को उपमा पनि दिएका छन् । ‘एमबाप्पे प्रभावशाली खेलाडी हुन् । उनीसँग मेरो मैदान भित्र र बाहिर घनिष्ट सम्बन्ध छ । एमबाप्पे एकदिन विश्वकै उत्कृष्ट फुटबलर बन्नेमा कुनै शंका छैन,’ नेमारले भने ।

नेमारले एमबापप्पेसँग मैदानमा खेल्दा कहिल्यै समस्या नभएको पनि बताए । ‘मैदानमा उनले मलाई पास दिँदा म गोल गर्छु, मैले पास दिँदा उनी गोल गर्छन् । हामीबीचको साझेदारी धेरै राम्रो छ । म बार्सिलोना छँदा लियोनल मेस्सीसँग पनि यस्तै थियो,’ नेमारले थपे ।

नेमार र इडिन्सन काभानी घाइते भएका कारण जारी सिजन पीएसजीको शाख उनै एमबाप्पेले जोगाएका छन् । एमबाप्पेले यस सिजन पीएसजीका लागि २९ गोल गरिसकेका छन् । पीएसजी अहिले फ्रेन्च लिगको उपाधि नजिक देखिएको छ ।