२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको हत्यारालाई “छिटोभन्दा छिटो कानूनको कठघरामा उभ्याउने छु ।” : गृहमन्त्री थापा



अ+ अ-

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए।

एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ । उनले थपे, “यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ ।”

उनले सङ्घीय संसद्मा सङ्घीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिए । सुरक्षा गोष्ठीमा सहभागी हुन उनी आज धनगढी पुगेका हुन् ।