२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यासँग खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्‍यो



अ+ अ-

काठमाडौँ । केन्यामा मार्च २२ देखि ३१ तारिखसम्म आयोजना हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ ।

नेपाल सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता प्राविधिक कारणले दुईदेखि तीन सातासम्म सार्न लागिएको क्रिकेट केन्याले जानकारी दिएको छ ।

केही दिनमै नयाँ मिति सार्वजनिक गर्ने पनि केन्याले बताएको छ।

यो सिरिजमा सहभागिता जनाउनका लागि नेपाली क्रिकेट टोलीलाई अहिलेसम्म आईसीसीले स्वीकृति भने दिएको छैन् ।