२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पातले बताएको छ । बुधवार नियमित चेकजाँचका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीको मुटुमा असर देखिएपछि डाक्टरहरुले उनलाई अस्पताल भर्ना हुन् सल्लाह दिएका थिए ।

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने भएपनि डाक्टरहरुले उनलाई यहि भर्ना हुन् सुझाव दिएका हुन् ।

”अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको छ । ‘अधिकारी भने’ परिक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिएको हो ।”

ओलीको उपचारमा प्रा.डा अरुण सायामीको टोली खटिएका छन् ।