१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश हजार घुस लिने इन्सपेक्टर विरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । प्रहरी चौकी औरही, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम नरेश साह तेलीविरुद्ध मुद्दा दायर गरिएको छ । तेलीले नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने इलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउन सहज गराई दिने बहानमा घुस रकम लिने गरेको पाईएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिई गएको टोलीले तेलीलाई सेवाग्राहीसँग रू १०,००० लिई स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहलाई दिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो ।


तेलीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।