२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा,रोमा पराजित



अ+ अ-

काठमाडौँ । पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको च्याम्पियन्स लिगको प्रिक्वारटफाइनलको दोस्रो लेगमा इटालीको रोमालाई ३–१ गोलअन्तरले पराजित गर्दै एफसी पोर्टो क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको नतिजालाई उल्ट्याउँदै पोर्टो क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगमा भने रोमाले पोर्टोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । तर दोस्रो लेगमा पोर्टोले जित्दै समग्रमा रोमालाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

दोस्रो लेगको खेलमा पोर्टोलाई जित दिलाउन फ्रान्सिस्को सोयरेस, मौसा मारेगा र एलेक्स टेलेसले गोल गरेका थिए । यता, रोमाका लागि डे रोसीले गोल गरेका थिए ।

सन् २०१५ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो पोर्चुगाली टिम बनेको छ ।