१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा,रोमा पराजित



अ+ अ-

काठमाडौँ । पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको च्याम्पियन्स लिगको प्रिक्वारटफाइनलको दोस्रो लेगमा इटालीको रोमालाई ३–१ गोलअन्तरले पराजित गर्दै एफसी पोर्टो क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको नतिजालाई उल्ट्याउँदै पोर्टो क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगमा भने रोमाले पोर्टोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । तर दोस्रो लेगमा पोर्टोले जित्दै समग्रमा रोमालाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

दोस्रो लेगको खेलमा पोर्टोलाई जित दिलाउन फ्रान्सिस्को सोयरेस, मौसा मारेगा र एलेक्स टेलेसले गोल गरेका थिए । यता, रोमाका लागि डे रोसीले गोल गरेका थिए ।

सन् २०१५ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो पोर्चुगाली टिम बनेको छ ।