२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली चढेको विमानले आकाशमा ३ चक्कर लगाउनुपरेपछि छानबिन गर्न समिति गठन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै होल्ड गराएपछि छानबिन समिति गठन गरेको ।

यति एयरलाइन्सको विमानमा मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनु परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाउको छ ।

एयरलाइन्स विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालय स्रोतले बताएको छ ।

विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न समितिले सिफारिस गर्नेछ ।