२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ को कामबारे राष्ट्रपतिको चासो



अ+ अ-

लुम्बिनी।राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थलमा निर्माण भइरहेको ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ को कामबारे जानकारी लिनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहमा सरिक हुन लुम्बिनी आउनुभएकी राष्ट्रपति भण्डारीले ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ निर्माणको कामबारे लुम्बिनी विकास कोषसँग जानकारी लिँदै काम छिटो पूरा गर्न आग्रह गर्नुभएको छ ।

उहाँले लुम्बिनीमा यो सभाहल अत्यावश्यक भएका कारण छिटो निर्माण पूरा गर्नुपर्ने बताउनुभयो । “सभाहल निर्माणसँगै लुम्बिनी गुरुयोजनाको काम पूरा गरेर तिलौराकोट र रामग्रामको विकासमा ध्यान दिनुस्”, उहाँले भन्नुभयो । 

राष्ट्रपति भण्डारीलाई विकास कोषका योजना प्रमुख इञ्जीनियर सरोज भट्टराईले बौद्धसभा तथा ध्यानगृहका बारेमा जानकारी गराउँदै असारसम्ममा काम पूरा हुने बताउनुभयो । उहाँले असार मसान्तसम्म निर्माणको काम पूरा भए पनि वैशाख पूर्णिमामा उद्घाटन गर्ने राष्ट्रपतिलाई जानकारी गराउनुभयो । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । सभाहलसहितका संरचना बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले ठेक्का पाएको थियो । कोरोना महामारीका कारण पनि सभाहल निर्माणमा ढिलाइ भएको कोषको भनाइ छ ।

विसं २०७४ को बुद्ध जयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको सोही निर्देशनानुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोह आयोजना गर्दै आएको छ ।

लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण सुरु गरेको हो । पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा विसं २०७५ वैशाख १८ गते राष्ट्रपति भण्डारीले यो सभाहलको शिलान्यास गर्नुभएको थियो ।

दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट डिजाइन गरिएको सभाहल निर्माणको काम सकिने चरणमा रहेको कोषले जनाएको छ । रासस