२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको महाधिवेशन समय र परिस्थितिमा निर्भर रहन्छ : सभापति देउवा



अ+ अ-

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन समय र परिस्थितिमा निर्भर रहने बताएका छन् । देउवाले तोकिएकै मितिमा महाधिवेशन गठर्ने सहमति भए महाधिवेश हुने बताएका हुन् ।

विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै देउवाले तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्न सक्दो प्रयास गर्ने बताएका छन् । उनले भने, यदि महाधिवेश गर्न सकिएन भने जस्तो परिस्थिति आउँछ त्यही अनुसार अघि बढ्ने हो।

उनले बुधबार बिहानै नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा बसेको गोप्य बैठकलाई आफुले सामान्य रुपमा लिएको बताएका छन् ।

रामचन्द्र पौडेल, कृष्णप्रसाल सिटौला, शंसाक कोइराला, शेखर कोइराला, अर्जुनरसिंह केसी, गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बस्नु भएछ यसलाई नराम्रो रुपमा लिन हुँदैन, सभापति देउवाले भने, त्यस्ता छलफल र बैठकले पार्टीभित्र कुनै फरक पार्ने पनि छैन।