२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मू–कश्मीरमा फेरी बम विस्फोट, २५ जना घाइते



अ+ अ-

भारत । भारतको जम्मू–कश्मीर राज्यको जम्मूमा ग्रेनेड विस्फोट हुँदा कम्तीमा २५ जना घाइते भएको बीबीसीले जनाएको छ । बिहीबार बिहान पौने बाह्र बजे विस्फोट भएको प्रहरीले जनाएको छ ।

जम्मू डिभिजनका प्रहरी महानिरीक्षक एमके सिन्हाले केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । त्यो बम विस्फोट हुँदा बसपार्कमा भएका व्यक्ति घाइते भएका हुन् ।

सुरुवाति अनुसन्धानअनुसार विस्फोटबाट पञ्जाब रोडवेजको एउटा बसमा क्षति पुगेको छ भने बसमा रहेका केही यात्रु पनि घाइते भएका छन् । नजिकै रहेको अस्पतालमा घाइतेहरुको उपचार भैरहेको छ ।