२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मू–कश्मीरमा फेरी बम विस्फोट, २५ जना घाइते



अ+ अ-

भारत । भारतको जम्मू–कश्मीर राज्यको जम्मूमा ग्रेनेड विस्फोट हुँदा कम्तीमा २५ जना घाइते भएको बीबीसीले जनाएको छ । बिहीबार बिहान पौने बाह्र बजे विस्फोट भएको प्रहरीले जनाएको छ ।

जम्मू डिभिजनका प्रहरी महानिरीक्षक एमके सिन्हाले केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । त्यो बम विस्फोट हुँदा बसपार्कमा भएका व्यक्ति घाइते भएका हुन् ।

सुरुवाति अनुसन्धानअनुसार विस्फोटबाट पञ्जाब रोडवेजको एउटा बसमा क्षति पुगेको छ भने बसमा रहेका केही यात्रु पनि घाइते भएका छन् । नजिकै रहेको अस्पतालमा घाइतेहरुको उपचार भैरहेको छ ।