२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी स्रोतका शिक्षकका लागि एक करोड



अ+ अ-

बैतडी । पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ ।

नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालयलाई गाभेर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिने नगरका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन यस्तो पहल भइरहेको उनले जानकारी दिए।