२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्‍त्र प्रहरीमा तीन हजार २९७ को लागि खुल्यो जागिर



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीले नयाँ भर्ना खुलाएको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै साधरणा समूह अन्तर्गत रिक्तरहेका तीन हजार २९७ जनाको प्रहरी जवान पदमा आवेदन खुलाएको हो।

सशस्त्र प्रहरीमा आवेदन दिन एक महिना २४ फागुनदिख २५ चैत २०७५ सम्मको समय तोकिएको छ। जवान पदमा आवेदन दिनको लागि ५५ स्थान तोकिएको छ भने ३ बैशाख २०७६ मा परीक्षा संचालन गर्ने सुचनामा उल्लेख गरिएको छ।

आवेदन दिनको लागि कम्तीमा आठ कक्षा उत्तीर्ण, पुरुष पाँच फिट दुई इन्च र महिला पाँच फिट हुनु पर्ने छ। पुरुषको लागि न्यूनतम ५० केजी र महिलाको लागि न्यूनतम ४२ केजी तौल अनिवार्य हुनु पर्ने छ।