२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको जित, आर्सनल पराजित



अ+ अ-

काठमाडौँ । चेल्सीले युरोपा लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ । त्यसैगरी, अर्को खेलमा आर्सनल रिनेससँग ३–१ गोलअन्तरले पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले डाइनामो किभलाई ३–० गोलअन्तरले पारजित गरेको हो । चेल्सीको जितमा कलुम हुड्सन, लिभली पेड्रो र विलियनले गोल गरेका थिए ।

खेलअवधिभर नियन्त्रणमा राखेको चेल्सीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । चेल्सीका लागि खेलको १७ औं मिनेटमा पेड्रोले गोल गर्दै अग्रता दिलाएका थिए ।

६५औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाए । खेलको अन्तिम मिनेट अर्थात् ९० औं मिनेटमा हुड्सनले गोल गर्दै चेल्सीलाई ३–० गोलको जित लिलाए । जितसँगै क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई चेल्सीले बलियो बनाएको छ ।

युरोपा लिगअन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा आर्सनल रिनेससँग ३–१ गोलअन्तरले पराजित भएको छ । युरोपा लिगअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल ३–१ गोलअन्तरले पराजित भएपछि क्वाटरफाइनल पुग्ने सम्भावना पनि कमजोर भएको छ ।