१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको जित, आर्सनल पराजित



अ+ अ-

काठमाडौँ । चेल्सीले युरोपा लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ । त्यसैगरी, अर्को खेलमा आर्सनल रिनेससँग ३–१ गोलअन्तरले पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले डाइनामो किभलाई ३–० गोलअन्तरले पारजित गरेको हो । चेल्सीको जितमा कलुम हुड्सन, लिभली पेड्रो र विलियनले गोल गरेका थिए ।

खेलअवधिभर नियन्त्रणमा राखेको चेल्सीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । चेल्सीका लागि खेलको १७ औं मिनेटमा पेड्रोले गोल गर्दै अग्रता दिलाएका थिए ।

६५औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाए । खेलको अन्तिम मिनेट अर्थात् ९० औं मिनेटमा हुड्सनले गोल गर्दै चेल्सीलाई ३–० गोलको जित लिलाए । जितसँगै क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई चेल्सीले बलियो बनाएको छ ।

युरोपा लिगअन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा आर्सनल रिनेससँग ३–१ गोलअन्तरले पराजित भएको छ । युरोपा लिगअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल ३–१ गोलअन्तरले पराजित भएपछि क्वाटरफाइनल पुग्ने सम्भावना पनि कमजोर भएको छ ।