१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकको भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले बिहीबार सुचना प्रकाशित गरेर सो निर्णय गरेको हो ।

प्रकाशित सुचना अनुसार इकाईले उक्त ठेक्का अब समानान्तर जेभीलाई ठेक्का दिन लागेको हो । उक्त कम्पनीको प्रस्तावित ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८६ करोड २२ लाख ७१ हजार छ ।

इकाईले असारमा भवन निर्माणका लागि टेन्डर आह्वान गरेकामा सबभन्दा कम दररेट प्रस्ताव गरेको पप्पुले असोजमा ठेक्का पाउने निश्चित थियो । तर, विवादित कम्पनीलाई दिन लागिएको भन्दै आलोचना भएपछि निर्णय रोकिएको थियो । त्यसपछि प्राधिकरणले आवश्यक निर्णयका लागि प्रधानमन्त्री कार्यालय पठाएकोमा ६ महिनापछि बल्ल टुंगो लागेको हो ।

इकाइले फागुन १६ गते गोरखापत्रमा प्रकाशित गरेको सिको समानान्तरको ठेक्का स्वीकृत गर्ने ७ दिने आशयको सुचनाको म्याद बिहीबार सकिएको छ ।

ठेक्का ओगटै समयमा काम नसक्ने, निर्माण गरेका पूर्वाधार गुणस्तरहीन भएको सर्वजनिकपछि सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिनसमेत गरेको थियो । सबैभन्दा धेरै पुलको ठेक्का लिएर समयमै नसक्नेमा पप्पु कन्स्ट्रक्सन पर्छ ।

राष्ट्र बैंकको थापाथलीस्थित अर्को भवनको निर्माण भने तीव्र रुपमा भइरहेको छ । बैशाखमा टेण्डर आह्वान गरिएको भवनको ठेक्का बिलिल कन्टेक जेभीले लिएको छ । ३० महिनाभित्र सक्ने गरी १ अर्ब ८७ करोडमा ठेक्का दिइएको हो ।