२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउत र सरकारबीच ११ बुँदे सहमति, कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने तयारी



अ+ अ-

काठमाडौँ । सरकारले सीके राउत नेतृत्वको गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । सरकार राउतबीच भएको ११ बुँदे सहमति उक्त निर्णय लिईएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिको पहिलो बुँदामा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतन्त्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । त्यस्तै प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।