२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टरको दोस्रो बार्षिक उत्सव २५ र २६ गते



अ+ अ-

काठमाडौँ । धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टर प्रा लि को दोस्रो बार्षिक उत्सव २५ र २६ गते हुने भएको छ ।

उक्त बार्षिक उत्सव अन्र्तगत २५ गते निशुल्क सुगर परिक्षण , दृष्टि फाउन्डेसन धनगढीमा भएका घरवारविहीन महिलाहरुको निशुल्क सुगर , एचआईभी परिक्षणका साथै विशेष छुटका साथ विभिन्न जाँचहरु हुने अध्यक्ष मिन बहादुर धामी बताएका छन् ।

त्यस्तै, २६ गते बिहान ६ः३० बजे देखि निशुल्क तथा सशुल्क परिक्षणहरु, दृष्टि फाउन्डेसन नेपाललाई चेक तथा रिपोर्ट हस्तान्तरण कार्यक्रम लगाएतका विभिन्न क्रियाकलापहरु संचालन हुने घामीले बताए ।