१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय वायुसेनाको लडाकु विमान पाकिस्तान सीमा नजिकै खस्यो



अ+ अ-

काठमाडौँ । भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय मिडियाहरुको अनुसार उक्त विमान आकाशमा चरासँग ठोकिएपछि दुर्घटनाग्रस्त भएको हो ।

सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेका छन् । उक्त विमान नियमित हवाई गस्ती गर्ने क्रममा चरासँग ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ ।

पछिल्ला दुई सातायता भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा दुबै मुलुकले हवाई गस्तीलाई तिब्रता दिएको बताइएको छ ।

त्यसअघि गत २७ फेब्रुअरीका दिन पाकिस्तानले भारतीय वायुसेनाको मिग २१ विमान खसालेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खसालिएको विमानका पाइलटलाई रिहा गरेपछि भारत र पाकिस्तानबीचको तनाव केही कम हुँदै आएको छ ।