२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाकी सांसद ३ घण्टा केरकारपछि अपहरण मुक्त, कारण यस्तो रहेछ



अ+ अ-

धनगढी । बझाङको बुँगल नगरपालिकाबाट अपहरणमा परेकी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद अपहरण मुक्त भएकी छिन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको समूहले करीब ३ घण्टा केरकारपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई अपहरण मुक्त गरेको हो ।

विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांस सांसद मल्ल तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताबाट शुक्रबार दिउँसो अपहरणमा परेकी थिइन् । उनलाई सो समूहले साढे ३ बजेतिर अपहरणमुक्त गरेको हो । अपहरणमुक्त भई हाल उनी स्थानीय प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नयनबहादुर साउदले जानकारी दिए ।

विप्लव निकट स्रोतका अनुसार विप्लव माओवादीले माघ २८ गते जिल्लाको देउराउ भन्ने स्थानमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रहरी हस्तक्षेप हुनुको साथै विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको थियो । सो विषयलाई लिएर शुक्रवार प्रदेश सभा सदस्य मल्ललाई नियन्त्रणमा लिएको विप्लव निकट स्रोतले पुष्टी गर्‍यो ।

बझाङ निर्वाचन क्षेत्र नं ९ख० बाट प्रदेशसभा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।
उनका बुवा धनबहादुर मल्ल र भाइ भरत मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् ।