२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाकी सांसद ३ घण्टा केरकारपछि अपहरण मुक्त, कारण यस्तो रहेछ



अ+ अ-

धनगढी । बझाङको बुँगल नगरपालिकाबाट अपहरणमा परेकी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद अपहरण मुक्त भएकी छिन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको समूहले करीब ३ घण्टा केरकारपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई अपहरण मुक्त गरेको हो ।

विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांस सांसद मल्ल तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताबाट शुक्रबार दिउँसो अपहरणमा परेकी थिइन् । उनलाई सो समूहले साढे ३ बजेतिर अपहरणमुक्त गरेको हो । अपहरणमुक्त भई हाल उनी स्थानीय प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नयनबहादुर साउदले जानकारी दिए ।

विप्लव निकट स्रोतका अनुसार विप्लव माओवादीले माघ २८ गते जिल्लाको देउराउ भन्ने स्थानमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रहरी हस्तक्षेप हुनुको साथै विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको थियो । सो विषयलाई लिएर शुक्रवार प्रदेश सभा सदस्य मल्ललाई नियन्त्रणमा लिएको विप्लव निकट स्रोतले पुष्टी गर्‍यो ।

बझाङ निर्वाचन क्षेत्र नं ९ख० बाट प्रदेशसभा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।
उनका बुवा धनबहादुर मल्ल र भाइ भरत मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् ।