२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ घाइते



अ+ अ-


गाजा – इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् । 

शुक्रबार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुले गोली प्रहार गरेका थिए । 

गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको छ । गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल क्वेद्राले जानकारी दिनुभयो । 

उहाँले इजरायली सुरक्षाकर्मीको गोली लागेर घाइते भएका ४२ जनामध्ये दुई जना महिला, १५ जना बालबालिका, चार जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि रहेको बताउनुभयो । 

इजरायल–गाजा सीमा क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि हरेक सप्ताहान्तमा प्रदर्शन र झडप हुँदै आएका छन् ।
––