२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यको सलमानको खुट्टा छुने तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउत संविधान मान्छु भनेर आए : प्रधानमन्त्री ओली



अ+ अ-

रौतहट — प्रधानमन्त्री केपी ओलीले सिके राउत संविधान मान्न तयार भएपछि मूलधारको राजनीतिमा आएको बताएका छन् । संविधानले दिएको अधिकारभित्र रहेर जनअभिमत सम्मान गर्छु भन्ने प्रतिबद्धताका साथ राउत मूलधारको राजनीतिमा आएको उनले बताए ।

रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश नम्बर २ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतालाई सम्मान गर्ने, अखण्डताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य भएको बताए ।‘म उहाँलाई सम्मान गर्छु’ प्रधानमन्त्री ओलीले भने, ‘अब उहाँले बिखण्डनकाे राजनीति छाडिसक्नु भयो।’

नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी एकताबारे केही शङ्का नगर्न कार्यकर्तालाई आग्रह गरे। ‘पार्टी एकतापछि जिल्ला तहसम्म कमिटी गठनमा ढिलाइ भएकै हो,’ उनले भने, ‘चाँडै टुग्याउँछौं । एकतालाई अन्तिम रूप दिने काममा अब ढिलाइ हुँदैन।’

राजपा नेताहरुप्रति लक्षित गर्दै उनले भने, ‘एउटा प्रदेशमा एकपल्ट जनतालाई झुक्क्याएर अलिकति भोट पायो भनेर ठूला कुरा नगर्नुस्।’

प्रधानमन्त्री ओलीले जनताले धेरै पटक धेरै पार्टीको सरकार हेरिसकेकाले आफू नेतृत्वको सरकारले समृद्ध नेपालको लक्ष्य पूरा गर्ने दाबी गरे।

‘अस्थायी सरकार बन्यो, कहिले कुन पार्टीको कहिले कुन पार्टीको,’ उनले भने, ‘जनता वाक्कदिक्क भए। अहिले कम्युनिस्ट बहुमतको सरकार छ। अब समृद्धिको अभियान चलिसकेको छ।’


अहिलेको सरकार कसैप्रति पूर्वाग्रह राख्ने नीतिमा नभएको स्पष्ट पारे। यो सरकार जनताको भएकाले मुलुक विकासको जिम्मेवारी निर्वाह गर्ने उनले विश्वास दिलाए । तराई/मधेसको विकासमा सरकार सदैव अघि बढ्ने पनि उनले सुनाए।